पटेकाको झिल्काबाट एउटा घरमा आगलागी, लाखौँ रुपियाँको क्षति

जलपाईगढी : जलपाईगढीको समाजपाडामा एउटा घरमा आगलागीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार गत राति पटेकाबाट निस्केको आगोको झिल्काबाट समाजपाडाको एउटा घरमा आगलागी हुँदा उक्त 3 तले घरको माथिल्लो अंश जलेर खरानी भएको बताइएको छ। पुलिस एवम् दमकल कर्मीहरूको कठोर प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा लगभग 25 लाख रुपियाँको क्षयक्षति भएको पीडित परिवारका सदस्यहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *