पात्लेबाँसमा बिमल खेमा तराई डुवर्सका सम्पूर्ण नारी मोर्चालाई लिएर सभा सम्पन्न

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको अध्यक्षतामा केन्द्रिय कार्यालय पात्लेबाँसमा तराई डुवर्सका सम्पूर्ण नारी मोर्चालाई लिएर आज एउटा सभा सम्पन्न भयो। उक्त सभामा पार्टीको सांगठनिक गतिविधिबारे चर्चा परिचर्चा गरियो। यसै सभामा अध्यक्ष बिमल गुरुडले निम्न पदाधिकारीहरू क्रमैले दार्जिलिङको लागि चिफ को-अर्डिनेटर सुश्री उर्मिला रूम्बा, अर्गनाइजिङ सेक्रेटरी श्रीमति आशा गुरुङ लगायत सबिता लेप्चा, सुष्मा गुरुङ, सावित्री राई, कमला गुरू अनि सिमा राईलाई चयन गरियो। यसैगरी, खरसाङ को-अर्डिनेटर शकुन्तला लामा, अर्गनाइजिङ सेक्रेटरी प्रभा छेत्री लगायत, शान्ता थापा, जसु रसाईली, कल्पना प्रधान, कमला लेप्चा, ज्योति गुरूङलाई चयन गरियो। मिरिक अर्गनाइजिङ सेक्रेटरी ललिता छेत्री, चम्पा विभारलाई चयन गरियो। यसैगरी, कालेबुङ अर्गनाइजिङ सेक्रेटरी कविता गुरुङ लगायत काजिम छिरिड, सबिता शर्मा, डिका मोक्तान। तराई – कोर्डिनेटर सन्ध्या गुरूङ, अर्गनाइजिङ सेक्रेटरी मीना ब्राहमण लगायत ज्योति घिमिरे, सुष्मा राई (तामाङ), वीसु राई। डुवर्सको लागि कोर्डिनेटर अमृता राई, अर्गनाइजिङ सेक्रेटरी पुजा राई, लक्ष्मी गुरुङ, पूर्णिमा राई र दुर्गा छेत्रीलाई चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes