पत्नीको स्मरणमा गरीबहरूलाई फल वितरण 

सिलगढ़ी: शोकग्रस्त भए तापनि स्वर्गीय पत्नीको स्मरणमा समाजसेवी लोग्ने असहाय तथा गरीबहरूको सहयोगको लागि अघि आएको छ। गत आइतवार सिलगढ़ी हैदरपाड़ा निवासी तथा हैदरपाड़ा व्यवसायी समितिका सदस्य निमाई पालकी धर्मपत्नी कविता पालको शारीरिक अस्वस्थताको कारण निधन भएको थियो। कविता देवीले समाजसेवामा सधैं सहयोग गर्थिन। यसैले स्वास्नीको स्मरणमा आज लोग्ने निमाई पालले सिलगढ़ीको युनिक फाउण्डेशन टीमलाई गरीब तथा असहाय नानीहरूलाई वितरण गर्नको लागि विभिन्न फलहरू प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *