पत्रकार विश्वरूप बसाकलाई सिलगढीका पत्रकारहरूद्वारा भावपूर्ण श्रद्धाञ्जलि अर्पण

सिलगढी : सिलगढीका एकजना पुराना फोटो पत्रकार विश्वरूप बसाकलाई आज सिलगढी जर्नलिस्ट क्लबका सदस्यहरूले अन्तिम भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। आज दिउँसो तिनको पार्थिव शरीर सिलगढी जर्नलिस्ट क्लबमा ल्याइपुराएपछि क्लबका सदस्यहरूले तिनको शवमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गर्दै अन्तिम दर्शन गरे। यस अवसरमा पत्रकारहरू लगायत विभिन्न राजनैतिक दल, स्वयम् सेवी संगठन लगायत समाजका विभिन्न तहका उपस्थित मानिसहरूले तिनलाई फुलमाला चढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे। पत्रकार विश्वरूप बसाक 25 वर्षदेखि लगातार विभिन्न भाषाका पत्रकारिता क्षेत्रमा संलग्न रहेका थिए। स्मरण रहोस्, हिजो साँझ रेल लाइन पार गरिरहेको समय ट्रेनको धक्का लागेर फोटो पत्रकार विश्वरूप बसाकको निधन भएको थियो। तिनको निधनले सिलगढी लगायत सम्पूर्ण उत्तर बंगालको पत्रकारिता क्षेत्रमा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *