खरसाङ : पत्रकार किरण छेत्री मातृ शोकमा परेका छन्। उनकी आमा पुष्पलता छेत्रीको बिहीवार बिहान सिलगढ़ीको एउटा निजी नर्सिङ होममा निधन भएको छ। दिवङ्गत श्रीमती छेत्री निकै अघिदेखि मधुमेह, उच्च रक्तचाप अनि मृगौलाको रोगले ग्रसित थिइन्। केही दिन अघि तिनी निकै सिकिस्त भएपछि दार्जीलिङ सदर अस्पतालमा भर्ती भएकी थिइन्। दार्जीलिङ सदर अस्पतालमा उनको स्वास्थ्यमा भने जस्तो सुधार नभएकोले सिलगढ़ीको एउटा निजी नर्सिङ होममा भर्ती गरिएको थियो। उक्त नर्सिङ होममा उपचारकै क्रममा तिनको आज निधन भयो। तिनले आफूपछि पति केबी छेत्री, छोरी सुश्री शर्मिला छेत्री अनि छोरा किरण छेत्रीलाई छोड़ेर गएकी छिन्। तिनको अन्तिम संस्कारको यात्रा शुक्रवार दिँउसो निजी निवासस्थान सोनादा नालीचउरबाट निकालिइनेछ। स्मरण रहोस, पत्रकार किरण छेत्रीका दिदी प्रमिला छेत्रीको पनि गत 22 फरवरीको दिन सिलगढ़ीको एउटा निजी नर्सिङ होममा स्वास-प्रश्वासको बिमारीले निधन भएको थियो। प्रमिला छेत्रीको अन्त्येष्टि कार्य 6 मार्चको दिन निजी निवासस्थान नालीचउरमा सम्पन्न हुने तय भएको थियो। आफ्नो दिदी प्रमिला छेत्रीको अन्त्येष्टि कार्य सम्पन्न गर्न नपाई किरण छेत्रीले आफ्नो अतिप्रिय आमालाई गुमाएका छन्। पत्रकार किरण छेत्रीको दिदीको अन्त्येष्टि आगामी 6 मार्चको दिन हुने भएको थियो तर आमाको पनि निधन भएपछि दुवैको अन्त्येष्टि कार्य आगामी 16 मार्च 2021 को दिन एकैदिन गरिने तय भएको पारिवारिक पक्षबाट जानकारी प्राप्त भएको छ।
पत्रकार किरण छेत्री मातृ शोकमा, दिदी र आमा दुवैको अन्त्येष्टि कार्य 16 मार्चमा हुने

Share this story
More from Kurseong
Kurseongबाघडुग्रा विमानस्थलमा आइतबार नयाँ टर्मिनलको शिलान्यास गर्नेछन् प्रधानमन्त्रीले, सांसदले कार्यक्रम स्थलको गरे परिभ्रमण
सिलगढी, 19 अक्टोबर (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले भोली आइतबार बाघडुग्रा विमानस्थलको नयाँ टर्मिनलको शिलान्यास गर्ने भएका छन्। प्रधानमन्त्री यस शिलान्यास कार्यक्रममा भर्चुअल रूपमा उपस्थित रहनेछन्। नयाँ विमानस्थलको पुनःनिर्माणका लागि लगभग 1540 करोड रुपियाँ खर्च गरिनेछ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल 70,400 वर्ग मिटरमा फैलिनेछ। यस विमानस्थलमा आधुनिक सबै सेवाहरू उपलब्ध हुनेछन्। सिलगढीको कावाखाली मैदानमा भोलि आइतबार यस कार्यक्रमको आयोजना गरिनेछ। त्यहाँ प्रधानमन्त्री…
Political Newsभागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भयो। चुनावी सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापा, ट्रेड युनियन तीनधारे महानदी समष्टि जोनल…
Kurseongहाम्रो पार्टी त्यागेर 16 घर भागोप्रमो-मा सामेल
दार्जिलिङ: दार्जिलिङ सदर 4 समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा एउटा सभाबीच हाम्रो पार्टी त्यागेर 16 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। भागोप्रमो सदर 4 समष्टि अध्यक्ष पारस छेत्री, वार्ड नम्बर 7-का पार्षद विष्णु मल्ल, समष्टि नारी शक्ति अध्यक्ष सोनाम शेर्पा, केन्द्रीय समिति सदस्य एसएन प्रधान लगायत अन्य पदाधिकारीहरूले ती 16 घर परिवारलाई दलील झण्डा प्रदान गरेर आफ्नो…
Kurseongखरसाङको 8 नम्बर वार्डमा भागोप्रमो-को वार्ड कमिटी गठन
खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वावधानमा वार्ड नम्बर आठमा सार्वजनिक भवनमा वार्ड कमिटी गठन गर्न हेतु सांगठनिक सभा सम्पन्न भयो। एको छ। उक्त सभाको अध्यक्षता वार्डका वरिष्ठ सदस्य पेमा योञ्जनले गरेका थिए भने वार्डका सांगठनिक संयोजक सुभाष राईले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ टाउन कमिटीका कार्यवाहक सचिवले टाउन कमिटीका नेत्तृत्वहरूसंग उपस्थित वार्डवासीहरुसंग परिचय गराए…
