पत्रकार किरण छेत्रीका दिदीको निधन

खरसाङ: वरिष्ठ पत्रकार किरण छेत्रीकी ठुली दिदी प्रमिला छेत्रीको आज बिहान सिलगढ़ीको एउटा निजी नर्सिङ होममा देहान्त भयो। किरण छेत्रीकी दिदी प्रमिला छेत्री केही समयदेखि श्वास प्रश्वासको रोगले ग्रसित थिइन् भने उपचारकै क्रममा आज बिहान 5 बजी तिनको निधन भएको बताइएको छ। परिवारिक सूत्रले दिएको जानकारीअनुसार स्व. प्रमिला छेत्री सोनादाको नाली चउर, नयाँ कमानको माध्यमिक शिक्षा केन्द्र (एमएसके)-की शिक्षिका थिइन्‌। तिनले आफूपछि माता पुष्पलता छेत्री, पिता केबी छेत्री, भाइ किरण छेत्री अनि एउटी बहिनी शर्मिला छेत्रीलाई छोड़ेर गएकी छन्‌। तिनको पार्थिव शरीर आज दिउँसो सिलगढ़ीबाट निजी बासस्थान नाली चउर सोनादामा ल्याइपुऱ्याइएको छ भने भोलि तिनको अन्तिम संस्कार गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *