पत्रकार शिबु छेत्रीको ‘म उभिएको धरती’ पुस्तकको लोकार्पण

सिलगढी: पत्रकार शिबु छेत्रीको म उभिएको धरतीनामक पुस्तकको आज सिलगढीको गुरुङ बस्तीस्थित भानुभक्त समिति भवनमा लोकार्पण गरियो। प्राध्यापक मेघनाथ छेत्रीले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष कृष्णसिंह मोक्तान, प्रमुख अतिथि प्रेम छेत्री, विशिष्ट अतिथिहरू क्रमैले भूपू कर्णल केशव राई, मिलन रुचाल, डा. जस योञ्जन प्यासी, नरबहादुर दाहाल, बिन्ध्या सुब्बा, गोपाल लामा, सोनाम छिरिङ, गुरु दोर्जे, अशोक चौरासिया, कृष्ण लामा, लोकनाथ उपाध्याय, बिमल राई, रुद्र कार्की, लेखक शिबु छेत्रीको बाहुलीबाट उक्त कृतिको लोकार्पण गरियो। कार्यक्रममा हाम्रो स्वाभिमान ट्रस्टको तर्फबाट लेखक पत्रकार शिबु छेत्रीलाई दोसल्ला ओढ़ाएर साथै स्मृति चिन्ह्र प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता प्रेम छेत्रीले शिबु छेत्रीको कृति सबैको घरमा हुनु पर्ने बताउँदै पत्रकाहरूले सबैको लागि आवाज उठाउँछन् र सबैको अधिकारको लागि लेख्छन् तर पत्रकारहरूको लागि कसैले केही गर्दैनन् भनी बताए। कार्यक्रममा वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बाले कृतिमाथि समीक्षात्मक टिप्पणी राखिन्। कार्यक्रममा डा. जस योञ्जन प्यासी, नरबहादुर दाहाल, मिलन रुचाल, कृष्ण छेत्री, बिमल राई, प्रमोद गिरी, कृष्ण लामा, पूर्व कर्नल केशव राई, अशोक चौरासिया आदिले पनि वक्तव्य राखे। सभाध्यक्ष वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तानले शिबु छेत्री पत्रकार मात्र होइनन् तर राम्रो समाज सेवक पनि हुन् किनभने तिनले धेरैलाई सहयोग गर्ने गरेको बताए। शिबु छेत्रीद्वारा लिखित यस पुस्तकबाट उठेको रकमद्वारा पत्रकारहरूको कल्याणको लागि कार्य गर्ने र सर्वप्रथम कोष तयार गरिने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *