पट्टा दिइनेबारे चुनाउ अघि तृणमूलले भुल प्रचार गरिरहेको मेयरको आरोप

सिलगढी : सिलगढी नगरनिगम चुनाउअघि मानिसहरूलाई पट्टा दिइनेबारे तृणमूल कांग्रेसले भुल प्रचार गरिरहेको सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले आरोप लगाएका छन्। यसको साथै पट्टा दिनअघि रुपियाँ लिएर फारम भरेको तिनले आरोप लगाएका छन्। शुक्रबार एउटा पत्रकार सम्मेलनको आयोजना गरेर मेयर भट्टाचार्यले चुनाउ अघि तृणमूल कांग्रेसले यस प्रकारको कार्यहरू गरिरहेको साथै गरिब मानिसहरूलाई प्रताडना गरिरहेको बताए। तिनी आफु पट्टासँग सम्बन्धित कमिटीका चेयरम्यान रहे तापनि आफूलाई यसबारे जानकारी नगराई तृणमूल कांग्रेसले यस प्रकारको अनैतिक कार्य गरिरहेको तिनले आरोप लगाउँदै यस विषयमा प्रशासनले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्। अर्कोतिर, मेयर भट्टाचार्यको उक्त आरोप निराधार रहेको विरोधी दल नेता रञ्जन सरकारले दावी गरेका छन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका गरिब मानिसहरूले आफ्नो जमिनको पट्टा पाओस् भन्ने उद्देश्य लिएर पट्टा दिने प्रक्रिया शुरू गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *