पेदोङ क्षेत्रमा भएको हत्याकाण्डको जाँच गरिनु पर्ने मागमा ज्ञापन

कालेबुङ: कालेबुङको पेदोङ क्षेत्रमा भएको विभिन्न हत्याकाण्डलाई लिएर सीआईडी एवम् पुलिस अधिक्षकलाई कालेबुङ कृषक कल्याण सङ्गठनको पक्षबाट आज एउटा ज्ञापन बुझाइएको छ। उक्त ज्ञापन पत्रमा पेदोङ क्षेत्रमा बारम्बार भइरहेको हत्याकाण्डले गर्दा त्यहाँका मानिसहरूमा असुरक्षाको माहौल सृजना भएको बताउँदै यस विषयमा गम्भीरताको साथ छानबिन गरिदिने कालेबुङ कृषक कल्याण सङ्गठनको पक्षबाट आफुले प्रशासन समक्ष निवेदन गरेको कुरा विष्णु शर्माले पत्रकार सम्मेलन मार्फत जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *