पेदोङका गोरामुमो नेता तथा पूर्व पार्षद रोशन लामा रहस्यमय मृत्यु, आरोपी पुलिस हिरासतमा

पेदोङ  (निसं) : कालेबुङको पेदोङ निवासी गोरामुमोका वरिष्ट नेता तथा दागोपाप-का पूर्व पार्षद रोशन लामाको रहस्यमय मृत्यु भएको छ। सोमबार साँझ पेदोङ बर्मेक नजिकबाट तिनलाई गम्भीर अवस्थामा उद्धार गरेर कालेबुङ अस्पतालमा लगिए तापनि त्यहाँ चिकित्सकले मृत घोषित गरिदिएको बताइएको छ। पुलिसले घटनास्थलबाट मृतक लामाको वाहन साथै एउटा संदिग्ध बाइक पनि उद्धार गरेको छ। सूत्र अनुसार रोशन लामा आफ्ना वाहनमा रम्फुबाट बर्मेक तर्फ फर्कीरहेका थिए। बर्मेकको एउटा चौतरा नजिक आइपुग्दा उक्त कथित एकजना बाइकरसित सामान्य झैं झगडा भएपछि लामामाथि हमला गरेको सन्देह जताइएको छ। मृतक रोशन लामाको टाउको लगायत शरीरभरी चोट लागेको छ भने हात अनि खुट्टा भाँचिएको अवस्थामा उद्धार गरिएको बताइएको छ। कालेबुङ अस्पतालमा आज मंगलबार तिनको पोस्ट मार्टम गरेपछि परिवार पक्षलाई सुम्पिने भएको छ। अर्कोतिर, उक्त घटनापछि मृतक रोशन लामाको भाई भुषण लामाले सोमबार अबेर राति लगभग 11 बजेर 45 मिनटमा पेदोङ थानामा लिखित अभियोग गर्दा गरेको छ। तिनले बताए अनुसार दाजु रोशन लामा तिनको आफ्नो वाहन (WB79A8796) –मा पत्नी अनि छोरीसित कालेबुङबाट आफ्नो घर मनसोङ फर्किरहेको समय लगभग 8.30 बजे बर्मेक देवरालीमा एउटा बाईकसित सामान्य ठोक्किँदा बाइक चालकसित सामान्य झगडा भएको थियो। यस अवधि बाईक चालक आरोपीले धक्का दिएर सडकबाट मुनितिर झरेपछि तिनलाई गम्भीर चोट लागेको हुनसक्ने आशंका रहेको छ। बाइक चालक पेदोङ 16 माईल छिरिङ शेर्पा रहेको अनि घटना पछि तिनी त्यहाँबाट चम्पट कसेका थिए। यसपछि मृतक रोशन लामाको परिवारका सदस्यहरू घटनास्थलमा पुगेर गम्भीर अवस्थामा तिनलाई उद्धार गरेर कालेबुङ अस्पतालमा पुऱ्याइएको, जहाँ चिकित्सकले तिनलाई मृत घोषित गरिदिएको परिवार पक्षको भनाई रहेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार दर्ता गरेको अभियोगको आधारमा आरोपीलाई पक्राउ गर्न पुलिसले रातभरि विभिन्न ठाउँमा छापामार अभियान चलाएको अनि अन्तमा तिनलाई आज बिहान भेट्टाइएपछि हिरासतमा लिएर घटनाबारे केरकार गरिरहेको साथै उक्त रहस्यमय मृत्युलाई लिएर पुलिसले जाँच गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes