पेदोङको मेरूङमा आगलागी हुँदा एकै परिवारका 3 जनाको मृत्यु

कालेबुङ: कालेबुङ जिल्लाको पेदोङ ग्राम पञ्चायत अन्तर्गत लोअर मेरुङ बस्तीको एउटा घरमा आगलागी हुँदा एकै परिवारका 3 जना सदस्यको मृत्यु भएको छ। मर्नेहरूमा राम कुमार विश्वकर्मा (42), लिला दर्जी (32) र 5 वर्षीय छोरी उर्मिला दर्जी सामेल छन्। राम कुमार विश्वकर्मा दैनिक मजदुरी गर्ने गर्दथे। प्राप्त जानकारी अनुसार गत राति रामकुमार विश्वकर्माको घरमा आगलागी हुँदा घर सम्पूर्ण रूपमा जलेर खरानी भएको छ भने आगलागीमा तिनी सहित 3 जनाको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर स्थानीय मानिस लगायत अग्निशमन विभाग, पुलिस घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरे तापनि आगलागीमा घर जलेर खरानी भएको छ भने 3 जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *