पेन्गोलिन सहित 2 जना तस्कर पक्राउ

सिलगढी : बेलाकोवा रेञ्जका वनकर्मीहरूले सिलगढी संलग्न नौकाघाट मोडबाट तस्करी गर्न अगावै पेन्गोलिन सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा कालेबुङ निवासी विजय बानिया छेत्री र श्याम रतन रसाईली सामेल छन्।


प्राप्त जानकारी अनुसार आज बिहान सिक्किमबाट जिउँदो पेन्गोलिन लिएर दुईजना व्यक्ति सिलगढी हुँदै नेपालमा तस्करी गर्ने उद्देश्यले गइरहेको समय बेलाकोवा रेञ्जका वनकर्मीहरूले अभियान चलाएर लगभग 8 केजी 700 ग्राम ओजन भएको पेन्गोलिन उद्धार गरेको बताइएको छ। उक्त घटनामा 2 जना तस्करलाई पक्राउ गर्नको साथै एउटा वाहन पनि जफत गरेको छ। पक्रा परेका 2 जना व्यक्तिलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *