पेन्गोलिनसहित एकजना पक्राउ

अलिपुरद्वार : गोप्य सूचनाको आधारमा हेमिल्टनगञ्ज रेञ्जका वनकर्मी तथा एसएसबी 53औँ बटालियनका जवानहरूले संयुक्त अभियान चलाएर एउटा पेन्गोलिनसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कुचबिहारको नाटाबाड़ी इलाका निवासी अनवर हुसेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार हिजो बेलुकी अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको निमती इलाकामा वनकर्मी तथा एसएसबीका जवानहरूले संयुक्त अभियान चलाएर एउटा पेन्गोलिनसहित अनवर हुसेनलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *