पर्खाल निर्माणको विरोधमा ओर्लिए सिलगढी 32 नम्बरका वार्डवासीहरू सहित पार्षद

सिलगढी, 30 दिसम्बर: रेलवेको जमिनमा ठूलो पर्खाल निर्माण कार्यले सिलगढीको 32 नम्बर वार्डको तीनबत्ती जङ्गल पाइपलाइन क्षेत्रमा विवाद उत्पन्न भएको छ। त्यहाँ रेलवेले पर्खाल निर्माण गर्दैछ। तर त्यहाँका वासिन्दाको भनाई अनुसार, रेलवेले जस्तो प्रकारले पर्खाल निर्माण गर्दैछ, त्यसले यातायातको मार्ग बन्द हुनेछ अनि मानिसहरूलाई समस्या हुनेछ।
गत हप्ता यो समस्या बारेमा रेलवे अधिकारीसँग नगर निगमका मेयर गौतम देवले कुराकानी गरेका थिए। यस अवधि मेयरले वासिन्दाहरूको भनाई अनुसार अर्कोतर्फ पर्खाल बनाएमा मानिसहरूलाई सुविधा हुने बताएका थिए। तथापि, रेलवेले उनीहरूको योजनाअनुसार नै पर्खाल निर्माणको काम सुरु गरेको बताइएको छ। आइतवारदेखि पर्खालको पिलर निर्माणको काम थालिएको छ।
सोमबार बिहान काउन्सिलर तापस च्याटर्जी घटनास्थलमा पुगे अनि स्थानीय मानिसहरूसँग मिलेर रेलवेको निर्माण कार्यको विरोधमा उत्रिए। यसपछि काम रोकिदिएर श्रमिकलाई त्यहाँबाट फर्काइदिए। यदि रेलवेले आफ्नो निर्णय परिवर्तन गर्दैन भने, आफुहरू ठूलो आन्दोलनमा उत्रने काउन्सिलरले चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *