पेट्रोलियम पदार्थ तथा महगाइँको विरोधमा युवा तृणमूलद्वारा फालाकाटामा प्रतिवाद र्‍याली

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको फालाकाटा ब्लक युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज पेट्रोलियम पदार्थ तथा नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको विरोध जनाउँदै र्‍याली निकालिइयो। युवा तृणमूलका कार्यकर्ता तथा समर्थकहरू घोडा गाडी तथा साइकलमा सवार भएर फालाकाटाको कलेज परिसरबाट एउटा र्‍याली निकालेर विभिन्न इलाकाको परिक्रमा गर्यो। पेट्रोलियम पदार्थ तथा नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिमा रोक नलगाएसम्म केन्द्र सरकारविरुद्ध आफूहरूद्वारा लगातार आन्दोलन गरिरहने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *