पर्यटकहरूको लागि खुशीको खबर, दार्जिलिङ टोय ट्रेनको घट्यो किराय

सिलगढी: विश्व धरोहरमा सामेल दार्जिलिङको टोय ट्रेनमा चढेर पहाडी क्षेत्रको मनोरम दृश्यको आनन्द लुट्न चाहने पर्यटकहरूको लागि खुशीको खबर रहेको छ। दार्जिलिङमा टोय ट्रेनमा चढेर यात्रा गर्ने चाहने पर्यटकहरूका लागि रेल्वे विभागले यसको भाडा कम गरिदिएको घोषणा गरेको छ। दार्जिलिङ हिमालयन रेलवेले सिलगढीदेखि दार्जिलिङ जाने, जोय राइडको किराय लगायत अन्यमा लगभग 200 रूपियाँ कमी गरिदिएको छ। यसको साथै दार्जिलिङ घुम्न आउने पर्यटकहरूलाई आकर्षित गर्नको लागि जोय राइडमा विस्डम कोच पनि जोडीदिएको छ। एनएफ रेल्वेको कटिहार डिभिजनका एडीआरएम संजय चिलवारवार सिलगढीमा आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताए अनुसार एनजेपीदेखि दार्जिलिङ सम्म एसी कोचको किराय 1720 रूपियाँ थियो भने अब यसको मूल्य घटाएर 1500 रूपियाँ गरिदिएको छ। यसैगरी, प्रथम श्रेणीको कोचको भाडा 1600 रूपियाँबाट घटाएर 1400 रूपियाँ गरिदिएको तिनले जानकारी दिएका छन्। यसैगरी, अन्य ठाउँहरूको लागि पनि यात्रुहरूको दार्जिलिङ टोय ट्रेनको भाडामा कम्ती गरिदिएको बताइएको छ।


 

 


 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *