पेशोकमा मकर सङ्क्रान्ति अनि सोनम ल्होछार मेला पर्व शुरू

पेशोक : 71औँ गणतन्त्र दिवसको अवसर पारेर दार्जिलिङ जिल्लाको पेशोक चियाकमानमा मकर सङ्क्रान्ति अनि सोनम ल्होछार मेला पर्व आजदेखि शुरू भयो। उक्त मेला पर्वको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अध्यक्ष अनित थापाले विधिवत रूपमा उद्घाटन गरे। पेशोक युवा संघको आयोजनामा सम्पन्न भएको उक्त मेला पर्वमा आयोजक समितिको तर्फबाट अनित थापालाई स्मृति चिन्ह प्रदान गरेर नागरिक सम्मान जनाइयो।


 

यसै क्रममा दोस्रो विश्व युद्ध लडेर आफ्नो जाति गोर्खाहरूको शिर उच्च पार्ने एक सय वर्ष नाघिसकेका स्थानीय भूतपूर्व सैनिक मनबहादुर थापालाई पनि नागरिक सम्मान जनाउँदै प्रमुख अतिथि अनित थापाको बाहुलीबाट प्रशस्ति सम्मान पत्र प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *