पेटको भोक अघि बन्दमा श्रमिकहरू काम गर्न बाध्य

सिलगढी : केन्द्र सरकारको नीतिहरू, सीएए, एनआरसी र एनपीआर जस्ता विषयहरूलाई लिएर आज 10 वटा पार्टीको केन्द्रीय ट्रेड युनियनहरूले डाकेको 24 घण्टा भारत बन्द आज जारी रहेको छ। बंगालमा कांग्रेस-वाममोर्चाले यस बन्दको समर्थन गरेको छ। अर्कोतिर, यस बन्दको कारण सिलगढीमा आज वाहनहरूको चलाचल कम्ती देखियो भने शहर तथा सङ्लग्न क्षेत्रहरूमा रहेको धेरैजसो दोकान-पाट बन्द रह्यो । बन्द समर्थकहरूको भनाइअनुसार उक्त बन्द श्रमिकहरूको हितको लागि बोलाइएको हो। तर सहरको झङ्कारमोड़ र जलपाईमोड़मा सडक किनारमा दैनिक मजदुरीको लागि आउने मजदुरहरूको भीड सदा झैं आज पनि उत्तिकै देखियो। यी मजदुरहरूसँग बन्दबारे कुराकानी गर्दा पेटको भोक मेटाउनको लागि आज पनि आफुहरू वाध्य भएर घरबाट निस्कनु परेको बताए। तिनीहरूले बताए अनुसार बन्दको समर्थन त गरिरहेकै छन् तर बाध्यतावश पेटको भोक अघि आफूहरू लाचार रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *