पेट्रोल-डीजलको मूल्य वृद्धिको विरोध लगायत विविध माग गर्दै डीवाईएफआई-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी : पेट्रोल-डीजलको मूल्य वृद्धिमा ह्रास गर्ने लगायत विविध मागलाई लिएर डीवाईएफआई-को डाबग्राम साउथ लोकल कमिटीद्वारा आज विरोध प्रदर्शन गरियो। संगठनका सदस्यहरूले आज सिलगढीको आशिघर पेट्रोल पम्प नजिक हातमा प्ला कार्ड बोकेर विरोध प्रदर्शन गर्दै पेट्रोल, डीजल, ग्यास सिलेन्डर लगायत दैनिक प्रयोजनीय सर-समानको मूल्य कम्ती गर्ने माग गरे।


यसको साथै संगठनका सदस्यहरूले राज्यका मानिसहरूको लागि निःशुल्क कोरोना टीकाकरण लगायत कोलकाताको नकली भ्याक्सिन काण्डमा सामेल मानिसहरूलाई सजाय दिनुपर्ने माग पनि गरे। डीवाईएफआई डाबग्राम दक्षिण लोकल कमिटीका सचिव दीपाङ्कर साहाले पेट्रोल र डीजलको मूल्य लगातार बढ़िरहेको साथै हिजो ग्यास सिलेन्डरको मूल्यमा पनि 25.50 रुपियाँ वृद्धि भएकोले यसलाई फिर्ता लिने माग गर्दै आज विक्षोभ प्रदर्शन गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *