पेट्रोल-डीजलको मूल्य वृद्धि विरुद्ध नक्सलबारीमा विरोध ऱ्याली

नक्सलबारी: नक्सलबारी ब्लक-2 तृणमूल युवा कङ्ग्रेसको तर्फबाट आज पेट्रोल-डीजलको मूल्यवृद्धि विरूद्ध एउटा विशाल विरोध ऱ्यालीको आयोजना गरियो। यहाँको पार्टी कार्यालय परिसरबाट सुरू गरेको उक्त विरोध ऱ्यालीले विभिन्न स्थानहरूको परिक्रमा गऱ्यो। पार्टीको ब्लक अध्यक्ष अरुण घोषले दिएको जानकारी अनुसार पेट्रोल डीजलको मूल्यवृद्धिले गर्दा साधरण मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। पेट्रोलको मूल्य बढ्नाले मानिसहरूलाई वाहन चलाउन समेत असुविधा भइरहेको छ। पेट्रोल डीजलको मूल्य सहित अन्य आवश्यक सर-सामानहरूको पनि मूल्य बढेको छ। यसैले मूल्यवृद्धिको विरोधमा लगातार केन्द्रको भाजपा सरकार विरूद्ध आन्दोलन जारी रहने बताइएको छ। आजको विरोध ऱ्यालीमा तृणमूल नेता तथा गत विधानसभा चुनाउमा मतिगढा-नक्सलबारी क्षेत्रका पार्टी उम्मेद्वार राजेन सुन्दास, अरुण घोष लगायत धेरै संख्यामा कार्यकर्ताहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *