पेट्रोल-डीजल, ग्यास सिलेन्डरको मूल्य वृद्धिको विरोधमा युवा कङ्ग्रेस-द्वारा विक्षोभ र्‍याली

सिलगढी : पेट्रोल-डीजल, ग्यास सिलेन्डरको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै आज सिलगढी विधानसभा युवा कङ्ग्रेसले सिलगढीमा विक्षोभ र्‍यालीको आयोजना गर्यो। सिलगढी विधानसभा युवा कङ्ग्रेसका सदस्यहरूले यहाँको भेनस मोडमा ग्यास सिलेन्डर र प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला लिएर विक्षोभ प्रदर्शन गरे।  संगठनका सभापति सायन करले सिलगढी विधानसभा युवा कङ्ग्रेसका सदस्यहरूले यसभन्दा अघि पनि पेट्रोल-डीजल, ग्यास सिलेन्डरको अस्वाभाविक मूल्य वृद्धिको प्रतिवाद जनाउँदै विरोध प्रदर्शन गरेको थियो भने आज पनि यसैको विरोध जनाउँदै आफूहरूद्वारा विक्षोभ प्रदर्शन गरिएको बताए। स्मरण रहोस्, राज्य सरकारले हिजोदेखि पेट्रोल-डीजलको मूल्यमा 1 रुपियाँ कम्ती गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *