पेट्रोल-डीजलको मूल्य वृद्धिको विरोधमा युवा तृणमूलद्वारा साइकल र्‍याली

सिलगढी : पेट्रोल-डीजल लगायत नित्य प्रयोजनीय सर-समानहरूको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै आज 16 र 21 नम्बर वार्ड तृणमूल कङ्ग्रेस सडकमा ओर्लिएको छ। प्राप्त जानकारीअनुसार पेट्रोल-डीजलको मूल्य वृद्धिको विरोधमा तृणमूल युवा कङ्ग्रेसको तर्फबाट आज साइकल र्‍याली निकालिइयो। सिलगढी नगरनिगमका 16 र 21 नम्बर वार्डका युवा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले उक्त साइकल र्‍यालीको माध्यमद्वारा नाराबाजी गर्दै केन्द्र सरकारको विभिन्न नीतिहरू लगायत मूल्य वृद्धिको प्रतिवाद जनाए। उक्त साइकल र्‍यालीले वार्डको विभिन्न मार्गहरूको परिक्रमा गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *