पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा जलपाईगढीमा एसयुसीआई-द्वारा  प्रदर्शन

जलपाईगढी : पेट्रोल-डीजलको मूल्य वृद्धिको प्रतिवादमा जलपाईगढी सहरमा लोकल एसयुसीआई कमिटीद्वारा आज विक्षोभ प्रदर्शन गरियो। एसयुसीआई-का नेता तथा कार्यकर्ताहरूले आज जलपाईगढी सहरमा एउटा र्‍याली निकालेर स्टेसन मोडमा विक्षोभ प्रदर्शन गरे। एसयुसीआई-का नेता तथा कार्यकर्ताहरूले पेट्रोल, डीजल, ग्यास सिलेन्डर, मट्टी तेल तथा अन्य समानहरूको मूल्यमा वृद्धि गरेको प्रतिवाद जनाउँदै आज जलपाईगढी स्टेशन रोडमा विरोध प्रदर्शन गरे। आगामी एक हप्तासम्म उक्त कार्यसूची जारी रहने संगठनका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *