पेट्रोल-डीजलको मूल्य कम्ती गरिनुपर्ने मागमा भाजपा-द्वारा जलपाईगढीमा प्रदर्शन

जलपाईगढी : पेट्रोल-डीजलको मूल्य कम्ती गरिनुपर्ने माग गर्दै आज भाजपा युवा मोर्चाले जलपाईगढीको 3 नम्बर घुम्ती पेट्रोल पम्पअघि हातमा प्ला कार्ड बोकेर विरोध प्रदर्शन गरे। यस अवसरमा भाजपा युवा मोर्चाका सभापति पलेन घोषले बताएअनुसार केन्द्र सरकारले पेट्रोलमा 5 रुपियाँ अनि डीजलमा 10 रुपियाँ कम्ती गरे तापनि राज्य सरकारले तेलको मूल्य कम्ती गरेको छैन। हाल 22 वटा राज्यमा पेट्रोल-डीजलको मूल्य घटेको छ। तर पश्चिम बङ्गालमा हाल चुनाउ नरहेकोले गर्दा राज्य सरकारले पेट्रोल-डीजलको मूल्य नघटाएको तिनले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *