पेट्रोल-डीजलको मूल्य कम्ती गर्ने मागमा सिलगढीमा भाजपा-द्वारा विक्षोभ

सिलगढी : पेट्रोल-डीजलको मूल्य कम्ती गर्ने माग गर्दै राज्यभरिमै भाजपाले आवाज उठाएको छ। यसै क्रममा आज भाजपा सिलगढी सांगठनिक जिल्ला तथा भाजपा डाबग्राम फुलबारीको तर्फबाट पेट्रोल-डीजलको मूल्य कम्ती गर्ने माग गर्दै विक्षोभ प्रदर्शन गरियो। भाजपाका नेता तथा कार्यकर्ताहरू आज सिलगढीको महात्मा गाँधी मोडको पेट्रोल पम्प अघि विक्षोभ प्रदर्शन गरे। यस अवसरमा सिलगढीका भाजपा विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। विधायक शङ्कर घोषले भने, केन्द्र सरकारले साधारण मानिसहरूको माग अनुसार पेट्रोल-डीजलको मूल्य कम्ती गरेको छ भने राज्य सरकारले पनि यसको मूल्य कम्ती गर्नुपर्ने उचित हो।


अर्कोतिर, डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीको नेतृत्वमा डाबग्राम 2 जलेश्वरी बजार नजिक रहेको पेट्रोल पम्प अघि भाजपाका नेता तथा कार्यकर्ताहरूले विक्षोभ प्रदर्शन गरे। यस अवधि प्रदर्शनकारीहरूले पेट्रोल-डीजलको मूल्य कम्ती गरिनुपर्ने माग गरे। यस अवसरमा शिखा च्याटर्जीले भनिन्, केन्द्र सरकारले पेट्रोलमा 5 रुपियाँ अनि डीजलमा 10 रुपियाँ कम्ती गरिदिएको छ। देशको 22 वटा राज्यमा पेट्रोलियम पदार्थको मूल्य कम्ती गरिदिएको छ। तर पश्चिम बङ्गाल सरकारले पेट्रोलियम पदार्थको मूल्य कम्ती गर्न नसक्ने स्पष्ट गरिदिएको छ। पश्चिम बंगालमा पेट्रोलियम उत्पादलाई जीएसटी अन्तर्गत ल्याउने केन्द्र सरकारलाई आफूहरूले निवेदन गर्नेछौँ। त्यसपछि मात्र जनताले धेरै राहत पाउनेछन् भनी तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *