पेट्रोल-डीजलको ट्याक्समा कटौती गर्नुपर्ने मागमा भाजपाद्वारा र्‍याली तथा विक्षोभ प्रदर्शन

सिलगढी : पेट्रोल-डीजलको ट्याक्समा कटौती गर्नुपर्ने माग गर्दै भाजपा सडकमा ओर्लिएको छ। भाजपा अठारोखाई मण्डलको तर्फबाट आज एउटा र्‍याली निकालेर शिवमन्दिर संलग्न एउटा पेट्रोल पम्प अघि पुगेर विक्षोभ प्रदर्शन गरियो। यस अवसरमा मतिगढा-नक्सलबारी भाजपा विधायक आनन्दमय बर्मन, भाजपाका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। विधायक बर्मनले भने, केन्द्र सरकारले पेट्रोलियम पदार्थको ट्याक्स कम्ती गरे झैँ राज्य सरकारले पनि ट्याक्समा छुट दिइनुपर्नेछ। ट्याक्समा छुट भए साधारण मानिसहरूलाई धेरै सुविधा पुग्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *