पेट्रोल-ग्यास मूल्य वृद्धिको प्रतिवादमा युवा कङ्ग्रेसद्वारा विक्षोभ, केही  प्रदर्शनकारी हिरासतमा

सिलगढी : दैनिक चाहिने आवश्यक सर-समान लगायत पेट्रोल र ग्यास मूल्य वृद्धिको विरोधमा दार्जिलिङ जिल्ला युवा कङ्ग्रेस तथा सिलगढी विधानसभा युवा कङ्ग्रेसका नेतृत्वहरूले आज सिलगढीमा विक्षोभ प्रदर्शन गर्यो। घटनाक्रम अनुसार दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका नेतृत्वहरूले आज सिलगढीको हासमी चोकमा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे।


अर्कोतिर, सिलगढी विधानसभा युवा कङ्ग्रेसका सदस्यहरू पनि उक्त कार्यसूची ग्रहण गर्न सिलगढीको हासमी चोकमा गइरहेको समय त्यहाँ पुग्न अगावै पुलिसले तिनीहरूलाई रोकिदिए। मूल्य वृद्धिको प्रतिवादमा निकालिइएको विक्षोभ प्रदर्शन अवधि पुलिसले दुईवटा कमिटीका मोठ 12 जना प्रदर्शनकारी युवा कङ्ग्रेस नेताहरूलाई हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *