पेट्रोल-डीजल, ग्यास सिलेन्डर लगायत अन्य समान मूल्य वृद्धिको प्रतिवादमा महिला तृणमूल कङ्ग्रेसको रेली

सिलगढी: पेट्रोल-डीजल, ग्यास सिलेन्डर लगायत नित्य प्रयोजनीय सर-समानको मूल्य वृद्धिको प्रतिवादमा दार्जिलिङ जिल्ला महिला तृणमूल कङ्ग्रेसको तर्फबाट आज सिलगडी सहरमा निकालिइयो विक्षोभ र्‍याली। सिलगढीको बाघाजतिन पार्कबाट शुरू भएको यो रेली महात्मा गाँधी मोड़मा पुगेर समाप्त भयो। रेलीको नेतृत्व दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष पापिया घोषले गरेकी थिइन्। रेलीमा सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकार, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस चेयरमैन आलोक चक्रवर्ती, जिल्ला महिला तृणमूल कङ्ग्रेस अध्यक्ष ज्योति तिर्की लगायत धेरै संख्यामा पार्टीका समर्थकहरू सामेल थिए।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *