पेट्रोल-डिजलको मूल्य कम गर्नुपर्ने मागमा भाजपाद्वारा प्रदर्शन

बाघडुग्रा: पेट्रोल-डिजलको मूल्यमा राज्य सरकारले कटौती गरिनु पर्ने माग गर्दै भाजपा समर्थकहरूले हाल राज्यभरिमैं आवाज उठाइरहेका छन्। यसैक्रममा आज बाघडुग्राको बिहार मोडस्थित एउटा पेट्रोल पम्प अघि पनि पेट्रोल-डिजलको मूल्य कम गर्नु पर्ने माग गर्दै भाजपाको तर्फबाट विक्षोभ प्रदर्शन गरियो। यस अवसरमा उपस्थित हात्तीघिसा, अप्पर बाघडुग्रा र लोअर बाघडुग्रा भाजपा मन्डलीका नेता तथा कार्यकर्ताहरूले विक्षोभ प्रदर्शनमा अंशग्रहण गरे। तिनीहरूले पेट्रोलियम शुल्कमा राज्य सरकारले कमी गरिनु पर्ने माग गरे।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *