पेट्रोल-डीजलको मूल्य वृद्धिमा कङ्ग्रेस अनि पूर्व प्रधानमन्त्री मनमोहन सिंह जिम्मेवार: सांसद राजु विष्ट

सिलगढी: दार्जिलिङ जिल्ला सांसद राजु बिष्टले आज सिलगढीको मल्लागढीस्थित भाजपा पार्टी कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै तृणमूल कङ्ग्रेसको खोइरो खने।  तिनले तृणमूल सरकारले बंगाललाई सन्त्रास तर्फ धकेली दिएकोले गर्दा कानुन व्यवस्था पूर्ण रूपमा चरमराइ रहेको बताए। तिनले मुख्यमन्त्री ममता ब्यानर्जीलाई कटाक्ष कस्दै भने, मुख्यमन्त्री गोवा, उत्तर प्रदेश र त्रिपुरा भ्रमणमा छन्। जुन राज्यमाथि करोड़ौं रुपियाँको ऋण छ त्यसैको मुखिया पार्टी विस्तार गर्न लागी परेकी छन्। ममताले भ्रमण गरेको राज्यहरू पश्चिम बंगालको तुलनामा धेरै विकसित रहेको कुरा सांसद विष्टले बताए।


यसैगरी, बढ्दो पेट्रोल-डीजलको मूल्य बढ्नुमा यसको पछि कङ्ग्रेस अनि पूर्व प्रधानमन्त्री मनमोहन सिंह जिम्मेवार रहेको तिनले आरोप लगाउँदै कङ्ग्रेसले आफ्नो शासनकालमा लिएको ऋण हाल देशवासीले चुकाइरहेको बताए। यसको साथै तिनले आश्वासन दिँदै देशवासीहरूको यो समस्यामाथि प्रधानमन्त्री नरेन्द्र मोदीको नजर परेकोले गर्दा अब चाँडै पेट्रोल र डीजलको मूल्यलाई लिएर खुसीको खबर आउने छ भनी तिनले बताए।  

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *