पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राजगञ्ज ब्लक युवा तृणमूल-द्वारा बाइक र्‍याली

राजगञ्ज : पेट्रोलियम उत्पादको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै आज राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसले बाइक र्‍याली निकाल्यो। पेट्रोलको मूल्य वृद्धि, विभिन्न कम्पनीको निजीकरणको विरोध लगायत नगराकट्टामा अभिषेक ब्यानर्जीको जनसभालाई समर्थन जनाउँदै राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसले बेलाकोवाको बटतलादेखि बाइक र्‍यालीको आयोजना गर्यो। यस अवसरमा जलपाईगढी जिल्ला युवा सभापति सैकत च्याटर्जीले रेलवे विभाग र जीवन बीमालाई निजीकरणको विरोध, पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिको प्रतिवाद लगायत आगामी 20 फरवरीको दिन नगराकट्टामा तृणमूल युवा कङ्ग्रेसका प्रदेश अध्यक्ष अभिषेक ब्यानर्जीको जनसभाको समर्थनमा उक्त बाइक र्‍याली निकालिइएको हो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पूर्णिमा रायतृणमूल ब्लक अध्यक्ष लक्ष्मण मोहन राय, युवा अध्यक्ष तुषार दत्त लगायत संगठनका अन्य नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *