पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेस सिलगढी टाउन 1 –द्वारा प्रदर्शन

सिलगढी : दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसको सिलगढी टाउन 1-को तर्फबाट आज पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिलगढीको वर्द्धमान रोडस्थित एउटा पेट्रोल पम्पमा विक्षोभ प्रदर्शन गरियो। यस अवसरमा सिलगढी टाउन 1-का अध्यक्ष गोपाल साह, उपाध्यक्ष प्रीत पाल लगायत कमोद पासवान, गौतम दास, नवीन मण्डल, छोटु पण्डित, अभिषेक सहानी, पंकज सिंह आदि उपस्थित थिए। प्रदर्शनकारी युवा तृणमूल कङ्ग्रेसका सदस्यहरूले केन्द्र सरकारले केवल जनविरोधी कार्यहरू गरिरहेको आरोप लगाएका छन्। पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिले गर्दा दैनिक प्रयोजनीय आवश्यक समानहरूको मूल्यमा पनि वृद्धि भएकोले गर्दा साधारण मानिसहरूले धेरै समस्या भइरहेको छ। पेट्रोलियम पदार्थको मूल्यमा कमी नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने युवा तृणमूल कङ्ग्रेसका सदस्यहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *