पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा तृणमूल-द्वारा धरना प्रदर्शन

राजगञ्ज : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा तृणमूल कङ्ग्रेसले राजगञ्जको फाटापुकुरमा धरना प्रदर्शन गर्यो। आज राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेसको तर्फबाट पानीकौरी तृणमूल कङ्ग्रेस अञ्चल कमिटीको पहलमा फाटापुकुरस्थित पार्टी कार्यालय अघि पेट्रोलियम पदार्थ लगायत अन्य आवश्यक सामग्रीहरूको मूल्य वृद्धि विरुद्ध राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज ब्लक अध्यक्ष विधन राय, मोशर्रफ हुसेन, लक्ष्य मोहन राय, अमल कुरी, अरिन्दम ब्यानर्जी लगायत अन्य कार्यकर्ताहरूले धरना प्रदर्शन गरे। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा पेट्रोलियम पदार्थहरू मूल्य वृद्धिको विरोधमा जिल्लादेखि लिएर ब्लकको विभिन्न ठाउँहरूमा धरना प्रदर्शन गर्नको साथै गण हस्ताक्षर कार्यक्रमको आयोजना गरिएको बताए। यसैलाई केन्द्र गरेर आज फाटापुकुरस्थित पार्टी कार्यालय अघि आफूहरूद्वारा धरना प्रदर्शन गरिएको साथै पेट्रोलियम पदार्थहरूको मूल्य कम्ती नभएसम्म आफूहरूको आन्दोलन जारी रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *