पेट्रोलियम पदार्थको मूल्य वृद्धिको प्रतिवादमा युवा तृणमूलद्वारा सडक अवरोध गरेर विक्षोभ प्रदर्शन

अलिपुरद्वार : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको प्रतिवादमा आज फालाकाटा ब्लक तृणमूल युवा कङ्ग्रेसले अलिपुरद्वार फालाकाटाको 17 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यसको साथै युवा कङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गर्यो। अलिपुरद्वार जिल्लामा पेट्रोलको मूल्य 100 रुपियाँ पार गरिसकेको साथै डीजलको मूल्य पनि वृद्धि भएको छ। यसले गर्दा नित्य प्रयोजनीय समानहरूको मूल्यमा प्रभाव परेकोले साधारण मानिसहरू समस्यामा परेका छन्। चाँडै पेट्रोल-डीजलको मूल्यमा अंकुश नलगाए युवा तृणमूलको तर्फबाट जिल्लाभरि वृहत् आन्दोलन गर्ने विक्षोभकारीहरूले  चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *