पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा दार्जिलिङ जिल्ला युवा कङ्ग्रेस-द्वारा प्रतिवाद

सिलगढी : पेट्रोलियम पदार्थ लगायत दैनिक प्रयोजनीय समानहरूको मूल्य वृद्धिको विरोधमा राज्यभरिमै विभिन्न राजनैतिक दलहरूले प्रतिवाद जनाइरहेको छ। यसै क्रममा आज 39 नम्बर वार्ड दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसको तर्फबाट पेट्रोल-डीजल तथा ग्यास सिलेन्डरको मूल्य वृद्धिको विरोधमा सिलगढीको हैदरपाडा बजारमा साइकल र्‍यालीको माध्यमद्वारा प्रतिवाद जनाइयो।  यस अवसरमा दार्जिलिङ जिल्ला युवा कङ्ग्रेसका महासचिव सुजित दत्तले पेट्रोलियम पदार्थ लगायत ग्यास सिलेन्डरको मूल्य वृद्धिको प्रतिवादमा आज आफूहरूले साइकल र्‍यालीको माध्यमद्वारा सहरका मानिसहरूलाई सचेत गराउँदै विरोध प्रदर्शन गरेको बताए। यसको साथै आगामी दिनमा सहरवासीहरूलाई साथमा लिएर केन्द्र सरकार विरुद्ध आन्दोलन गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *