पेट्रोलियम पदार्थमा बढ़ोतरी हुनुको जिम्मेवार हो राज्य सरकार : सांसद राजु विष्ट

सिलगढी: पेट्रोलियम पदार्थहरूमा भइरहेको मूल्य वृद्धिलाई लिएर हाल एक राजनीतिक मुद्दा बन्न पुगेको छ। यसै मुद्दालाई लिएर विपक्षी पार्टीहरूले केन्द्रको भाजपा सरकारलाई घेरिरहेको छ। तर, पश्चिम बंगालमा पेट्रोल-डीजलको बढ्दो मूल्यलाई लिएर भाजपा दार्जिलिङ जिल्लाका सांसद राजु बिष्टले राज्य सरकारलाई जिम्मेवार ठहऱ्याएको छ। सांसद विष्टले भने, पेट्रोल-डीजलको मूल्य वृद्धि हुनुको पछि कतिपय कारण छ। जस्तै हाल रूपयाँको तुलनामा डलरको मूल्य धेरै बढेको छ तर पनि केन्द्र सरकारले पेट्रोल-डीजललाई जीएसटी अन्तर्गत ल्याउऩ चाहे तापनि केही राज्यहरूले यसको विरोध जनायो। सांसदले बताए अनुसार केन्द्र सरकारले पेट्रोल-डीजलमाथि लगाइनेस ट्याक्स वाहेक भ्याटको 42 प्रतिशत राज्य सरकारलाई दिँदछ। यदि राज्य सरकार ले चाह्यो भने पेट्रोल-डीजलको दाम कम्ती हुन सक्छ। जसले गर्दा आम जनतालाई धेरै राहत पुग्नेछ। अर्कोतिर, तृणमूल कङ्ग्रेसले पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै आगामी 10 र 11 जुलाई सडकमा ओर्लिने भएको छ। तथापि, यसभन्दा अगावै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले हिजो पेट्रोलियम पदार्थ लगायत दैनिक आवश्यक सामग्रीहरूको मूल्य वृद्धिको प्रतिवाद जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *