पेट्रोलियम उत्पादनको मूल्य वृद्धिको विरोधमा तृणमूल छात्र परिषद-द्वारा साइकल र्‍याली

सिलगढी : पेट्रोलियम उत्पादनको मूल्य वृद्धि लगायत केन्द्र सरकारको विभिन्न नीतिहरूको प्रतिवादमा आज दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदको तर्फबाट साइकल र्‍यालीको आयोजना गरियो। प्राप्त जानकारी अनुसार दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदको तर्फबाट सिलगढी कलेज अघिबाट साइकल र्‍याली शुरू गरेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो।


दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदका सदस्यहरूले लगभग 2 सयवटा साइकलमा सवार भएर केन्द्र सरकारको विभिन्न नीतिहरूको विरुद्ध प्रतिवाद जनाउँदै साइकल र्‍यालीको आयोजना गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *