पेट्रोलको मूल्य वृद्धिको विरोधमा युवा तृणमूलद्वारा प्रदर्शन

अलिपुरद्वार : पेट्रोलको मूल्यमा वृद्धि भएकोमा प्रतिवाद जनाउँदै आज जटेश्वर 1 र 2 नम्बर अञ्चल युवा तृणमूल कांग्रेसले विरोध प्रदर्शन गर्यो। जटेश्वर 1 र 2 नम्बर अञ्चल युवा तृणमूल कङ्ग्रेसका सदस्यहरूले पहिला फालाकाटा ब्लकको जटेश्वर पेट्रोल पम्पमा विरोध प्रदर्शन गरेपछि जटेश्वर बस स्ट्यान्डमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेर विरोध प्रदर्शन गरे। यस अवसरमा फालाकाटा ब्लक युवा तृणमूल अध्यक्ष शुभव्रत दे, युवा तृणमूलका जिल्ला महासचिव देवजीत पाल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *