पेट्रोल पछि अब डीजलको मूल्यले पनि पार गऱ्यो सेञ्चुरी

कुचबिहार : अन्तत: देशमा राम्रो दिन पक्कै आइपुगेको छ किनभने पेट्रोल पछि अब डीजलको मूल्यले पनि सेञ्चुरी पार गरेको छ। अझ मूल्य बढेर कति पुग्ने हो भन्ने कुरा सायद कसैलाई थाहा छैन। प्राप्त जानकारी अनुसार कुचबिहारमा डीजलको मूल्य 1 सय रूपियाँ 5 पैसा पुगेको छ। लगातार भइरहेको बढ़ोत्तरिले गर्दा साधरण मानिसहरूलाई धेरै समस्या भइरहेको छ। डीजलको मूल्य वृद्धिले गर्दा माल वाहक ट्रक, यात्रीवाही बस, अटो लगायत अन्य वाहनका चालक विशेष रूपले समस्यामा परेका छन्। कुचबिहार, अलीपुरद्वार लगायत पश्चिम बंगालको अन्य केही जिल्लाहरूमा पनि डीजलको मूल्यले सेञ्चुरी पार गरिसकेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *