पेयजल एवम् सेनिटेशन विभागका अधिकारीले गरे शौचालय निर्माणको निरीक्षण

नक्सलबारी : भारत सरकारको पेयजल एवम् सेनिटेशन विभागका एडिशनल सेक्रेटरी अरुण कुमार बार्घेले नक्सलबारी क्षेत्रमा भइरहेको शौचालय निर्माणको निरीक्षण गरे। अरुण कुमार बार्घेले खण्ड क्षेत्रको धैरैजसो घरहरूमा गएर शौचालय निर्माण कार्यको परिदर्शन गर्नको साथै पेयजलको स्थितिको पनि निरीक्षण गरे। यसको साथै इलाकाको मानिसहरूसँग कुराकानी पनि गरे। यस अवसरमा महकुमा शासक, महकुमा परिषदका एडिशनल एग्जिक्युटिभ, नक्सलबारी बीडीओ बापी धरलगायत पञ्चायत प्रधान एवम् सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *