फालाकाटाको मुजनाई नदीमा नौकायन प्रतियोगिताको आयोजना

अलिपुरद्वार (निसं): फालाकाटा स्पोर्ट्स अकादमीले फालाकाटाको मुजनाई नदीमा एक दिवसीय नकआउट नौकायन प्रतियोगिताको आयोजन गर्यो। यस नौकायन प्रतियोगितामा मोठ  16 वटा टोलीले अंश ग्रहण गरेको छ। यस वर्ष महिला नौकायन टोलीले पनि अंश ग्रहण गरेको छ। प्रतियोगिता हेर्नको लागि धेरै  संख्यामा मानिसहरू उपस्थित थिए। यस अवसरमा फालाकाटा पञ्चायत समितिका सहायक अध्यक्ष सुभाष चन्द्र राय, फालाकाटा नगरपालिकाका चेयरम्यान प्रदीप कुमार मुहुरी लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा फालाकाटा स्पोर्ट्स अकादमीका सचिव प्रबीर राय चौधरीले भने, गाउँमा लुप्त हुँदै गइरहेको खेलहरूलाई प्रोत्साहन गर्ने उद्देश्य लिएर नौकायन प्रतियोगिताको आयोजना गरिएको हो। यो वर्ष हाम्रो दोस्रो वर्ष हो। उक्त प्रतियोगिताले राम्रो प्रतिक्रिया पाइरहेको छ। प्रत्येक वर्ष नौकायान प्रतियोगिताको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *