फालाकाटाको हरिमोड़ इलाकामा सड़क दुर्घटनामा एकजनाको मृत्यु

अलिपुरद्वार : फालाकाटा ब्लक हरिमोड़ इलाकामा सड़क दुर्घटनामा एकजना बाइक सवार व्यक्तिको मृत्यु भएको छ। तथापि, मृतकको परिचय हालसम्म जुटाउन सकेको छैन। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान हरिमोड़ इलाकामा वाहन र बाइक आपस्तमा ठोक्किँदा बाइक सवार व्यक्तिको मृत्यु भएको बताइएको छ।  घटनाको खबर पाएर जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। यसको साथै दुर्घटनाग्रस्त दुईवटा वाहनलाई पुलिसले आफ्नो नियन्त्रणमा लिएर थानामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *