फालाकाटाको सामूहिक विवाह कार्यक्रममा अंश ग्रहण गरिन् मुख्यमन्त्री ममताले

फालाकाटा : अलिपुरद्वार जिल्लाको फालाकाटाको सामूहिक विवाह कार्यक्रममा आज राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले अंश ग्रहण गरिन्। फालाकाटा मिल रोड मैदानमा आयोजना गरिएको एउटा कार्यक्रम अवधि आज मोठ 450 जोडी आदिवासी युवा-युवतीहरू संयुक्त रूपमा विवाहको बन्धनमा बाँधियो। यसपछि तिनले नयाँ दम्पतिलाई वैवाहिक जीवनको लागि शुभकामना दिँदै उपहारहरू प्रदान गरिन्। यस अवसरमा तिनले सौताल र राभा सम्प्रदायका कलाकारहरूसित केही समय सांस्कृतिक नृत्य पनि गरिन्।


उक्त कार्यक्रमबाटै मुख्यमन्त्रीले अलिपुरद्वार, दार्जिलिङ र जलपाईगढी जिल्लाको 4 हजार 6 सय जना चियाश्रमिकहरूलाई चिया सुन्दरी प्रकल्प मार्फत् घर निर्माण गरिने घोषणा गरिन्। यस अवसरमा मुख्यमन्त्रीले आगामी 3 वर्षको अवधिमा पहाड, तराई-डुवर्सका प्रत्येक चियाकमानका श्रमिकहरूलाई उक्त चिया सुन्दरी प्रकल्प अन्तर्गत सामेल गरेर घर निर्माण गरिदिने बताए। चिया सुन्दरी प्रकल्पको लागि मोठ 5 सय करोड रुपियाँको आवण्टन गरिएको मुख्यन्त्री ममताले जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *