फालाकाटामा झुन्डिएको अवस्थामा गृहिणीको शव उद्धार

अलिपुरद्वार : फालाकाटा ब्लकको दक्षिण देवगाउँ इलाकाबाट एउटी गृहिणीको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक महिला 47 वर्षीय राहेना खातुनको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान 10 बजी परिवारका सदस्यहरूले सुत्ने कोठामा झुन्डिएको अवस्थामा उक्त महिलाको मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फालाकाटा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *