फालाकाटामा पोखरीमा डुबेर युवकको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको फालाकाट ब्लकको दक्षिण देवगाउँ इलाकामा पोखरीमा डुबेर युवकको मृत्यु भएको छ। मृतक युवक श्यामल मुर्मूको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान श्यामल चिया खाएर घरबाट निस्केपछि दिउँसोसम्म घर फर्किनआउँदा परिवारका सदस्यहरूले तिनको खोजी शुरू गरे। इलाकाको एउटा पोखरीमा श्यामलको जुत्ता देखेपछि पोखरीमा ओर्लिएर हेर्दा तिनीहरूले श्यामलको मृतदेह देखे। यसपछि परिवारका सदस्यहरूले घटनाबारे फालाकाटा थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *