फाँसीदेवाबाट धेरै मात्रामा नकली रम-रक्सीसहित 5 जना पक्राउ

सिलगढी :  फाँसीदेवा थाना पुलिसले धेरै मात्रामा नकली रम-रक्सीसहित 5 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार फाँसीदेवा थाना पुलिसले गोप्य सूचनाको आधारमा गत राति फाँसीदेवाको पावर हाउस संलग्न मुन्डा बस्तीको एउटा कारखानामा अभियान चलाएर 130 बोतल विदेशी रम-रक्सी, 120 लिटर स्पिरिट, 80 प्याकेट स्टिकर, धेरै मात्रामा विदेशी रम-रक्सीको खाली बोलत लगायत धेरै मात्रामा नकली रम-रक्सी उद्धार गरेको बताइएको छ। मुन्डा बस्ती निवासी मुनाल मुन्डाको घरमा नकली रम-रक्सी बनाउने गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *