फाराबारी र गजलडोबा नजिकबाट काङ्गरू उद्धार, बैकुण्ठपुर जङ्गलमा काङ्गरूको खोजी शुरू

सिलगढी : गजलडोबा नजिक गत राति 2 वटा अनि फाराबारीमा एउटा काङ्गरूको बच्चा उद्धार गरिएको छ भने आज बिहान फाराबारीबाट फेरि एउटा मरेको काङ्गरू उद्धार भएको छ। उद्धार गरेको जीवित काङ्गरूहरूलाई बेङ्गल सफारी पार्कमा पठाइएको छ। तथापि, उक्त काङ्गरूहरू कहाँबाट आयो भन्ने विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको छ। घटनापछि वन विभागको तर्फबाट दिएको जानकारीअनुसार उक्त काङ्गरूहरू तस्करी गरिरहेको थियो। क्यानल रोडमा वन विभागको तर्फबाट गत राति अभियान चलाइरहेको समय तस्करहरूले उक्त काङ्गरूहरू त्यहीँ छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ। बैकुण्ठपुर जङ्गलमा अझै काङ्गरू हुन सक्ने वन विभागले अनुमान लगाएको छ। यसैले बैकुण्ठपुर जङ्गलमा हाल वन विभागले काङ्गरूको खोजी शुरू गरेको बताइएको छ। वन विभागले उक्त मामिलाको उच्च स्तरीय जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *