फाँसीदेवामा बसले धक्का दिँदा एकजना व्यक्तिको मृत्यु  

फाँसीदेवा (निसं): सड़क पार गरिरहेको समय बसको चपेटमा पर्दा एकजना 37 वर्षीय वरुण सरकारको मृत्यु भएको छ। उक्त घटना आज बुधवार बिहान फाँसीदेवाको राष्ट्रीय राजमार्ग- 31 मा भीमबार बजार नजिक भएको हो। जानकारी अनुसार आज बिहान आफ्नो दोकान जानको लागि सड़क पार गरिरहेको समयमा एउटा गैर-सरकारी बसले धक्का दिँदा तिनको घटनास्थलमा नै मृत्यु भएको छ। घटना पछि विधाननगर थानाको पुलिस घटनास्थलमा पुगेर कार्वाही गर्दै चालक अनि सह-चालकलाई पक्राउ गरेको छ। यसैगरी, पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पठाउनको साथै घटनाको जाँच सुरू गरेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *