फाँसीवाद विरोधी नागरिक मञ्चद्वारा सिलगढी महकुमा शासकलाई ज्ञापन  

सिलगढी: फाँसीवाद विरोधी नागरिक मञ्च लगायत अन्य सङ्गठनहरूले बीएसएफ-को अधिकार क्षेत्र बढाउने कुराको विरोध जनाउँदै आज सिलगढी महकुमा शासकलाई भेटेर एउटा ज्ञापन पत्र चढाए। सङ्गठनका सदस्यहरूले आज सिलगढी महकुमा शासक कार्यालय अघि सिमाना क्षेत्रहरूमा बसोवासो गर्ने मानिसहरूको सुरक्षा सहित अन्य मागहरूलाई लिएर नाराबाजी गरे। यसपछि महकुमा शासकलाई सिलगढी भेटेर ज्ञापन चढाए। यसबारे सङ्गठनका सदस्य पार्थ चौधरीले भने, आफुहरू बीएसएफको अधिकार क्षेत्र बढाउने कुराको विरूद्धमा रहेको छौ। हामी फाँसीवाद विरोधी नागरिक मञ्च लगायत अन्य सङ्गठनले यसको कठोर विरोध जनाउँदछौ।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *