फाँसीदेवामा घर बाहिर भेट्टाइयो नवजात शिशु

फाँसीदेवा (निसं): घरको अघि शिशु रोएको आवाज सुनेपछि त्यहाँ गएर हेर्दा एउटा नवजात शिशु कन्या घर बाहिर भेट्टाइएको छ। उक्त घटना मंगलवार राति फाँसीदेवाको फौजीजोत इलाकामा घटेको हो। घटना पछि इलाकामा सनसनी फैलिएको छ।
प्राप्त जानकारी अनुसार फौजीजोत इलाका निवासी नन्दीलाल सिंहले आफ्नो घरको अघि नवजात शिशु रूँदै गरेको अवस्थामा फेला पारेका छन्। यसपछि तिनले पुलिसलाई घटनाबारे सूचना दिए। सूचना पाएपछि घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर नवजात शिशुलाई उद्धार गरेर फाँसीदेवा अस्पतालमा लगेको छ। स्थानीय मानिसहरूले अनुमान गरे अनुसार शिशु छोरी रहेकोले गर्दा सम्भवत कसैले यहाँ छोडेर गएको हुनसक्छ। हालसम्म, नवजात शिशु स्वस्थ छ भने अस्पतालमा चिकित्सकको निगरानीमा छ। नवजात शिशुलाई कसले यसरी छोडेर गयो भन्ने बारे पुलिसले जाँच गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *